
धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को पदभार हस्तान्तरण, पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निवर्तमान क्षेत्रीय सभापति राकेश धमलाले नवनिर्वाचित सभापति राजन बुर्लाकोटीलाई पदभार हस्तान्तरण गरेका हुन् । गत असोजमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट बुर्लाकोटी १ हजार ४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए ।
क्षेत्रीय कार्यसमितिको सचिवमा ९ सय ५३ मतसहित सरोज पाण्डे निर्वाचित भएका छन् । त्यस्तै, खुला सहसचिव पदमा ७ सय ९३ मत प्राप्त गर्दै नवीनकुमार श्रेष्ठ निर्वाचित भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धादिङबाट निर्वाचित उर्मिला थपलिया, कृष्ण रिजाल र रिता थापा मगरलाई सम्मान गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित क्षेत्रीय कार्यसमितिलाई पदस्थापन गरिनुका साथै नेतृत्व हस्तान्तरण गरिएको थियो ।
