गंगाजमुना गाउँपालिकाद्वारा १३ विषय विज्ञ छनोट

Avatar photo
Dhadingpost
कार्तिक १२, २०८३

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले शैक्षिक सत्र २०८३ र २०८४ का लागि १३ जना शिक्षक तथा विषय विशेषज्ञको सूची सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय, फूलखर्कले विभिन्न तह र विषयका शिक्षकहरूको विवरण अद्यावधिक गरी सार्वजनिक गरेको हो ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९६(क) बमोजिम प्राप्त निवेदनका आधारमा कार्यालयको निर्णयअनुसार शिक्षक तथा विषय विशेषज्ञहरूको सूची अद्यावधिक गरिएको गाउँपालिकाले जनाएको छ ।

गंगाजमुनामा सूचीकृत शिक्षक तथा विषय विशेषज्ञ को–को ?

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार माध्यमिक तहमा सात जना, निम्नमाध्यमिक तहमा एक जना र प्राथमिक तहमा पाँच जना शिक्षक सूचीकृत भएका छन् ।

माध्यमिक तहमा अंग्रेजी विषयका ज्ञानेन्द्रबहादुर कार्की, रमेश कुँवर, सामाजिक विषयका चुडामणि अधिकारी र लक्ष्मी अधिकारी थापा, गणित विषयका पारस शर्मा रिमाल, विज्ञान विषयकी भगवती गैरै तथा नेपाली विषयकी सिता खतिवडा सूचीकृत भएका छन् ।

त्यस्तै, निम्नमाध्यमिक तहमा अंग्रेजी विषयका यमबहादुर सूचीकृत भएका छन् ।

प्राथमिक तहमा नेपाली विषयका कृष्णबहादुर राना तथा विषय नखुलाइएका अर्जुन प्रसाद नेपाल, लक्ष्मण थापा मगर, संगिता अधिकारी र इमबहादुर थापा मगर सूचीकृत भएका छन् ।

विद्यालयअनुसार शिक्षकहरूको विवरण

सूचीकृत शिक्षकहरूमध्ये ८ जना मण्डली माध्यमिक विद्यालयका ज्ञानेन्द्रबहादुर कार्की, पारस शर्मा रिमाल, रमेश कुँवर, भगवती गैरै, लक्ष्मी अधिकारी थापा, सिता खतिवडा र अर्जुन प्रसाद नेपाल रहेका छन् ।

त्यस्तै,बद्री बिशाल माविबाट चुडामनि अधिकारी, हिलेपोखरी आधारभूत विद्यालयका कृष्णबहादुर राना, कुवापानी आधारभूत विद्यालयका लक्ष्मण थापा मगर, डाँढखर्क आधारभूत विद्यालयकी संगिता अधिकारी तथा अन्नपूर्ण आधारभूत विद्यालय, कल्लेरीका इमबहादुर थापा मगर सूचीमा परेका छन् ।

सूचीमा समावेश शिक्षकहरूको शैक्षिक योग्यता एम.एड., एम.ए., एम.एस्सी. र बी.एड. रहेको छ । शिक्षकहरूको तह, श्रेणी, विषय, शैक्षिक योग्यता र कार्यरत विद्यालयसम्बन्धी विवरणसमेत सार्वजनिक गरिएको छ ।