
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विषय विज्ञ (रोष्टर) का रूपमा सूचीकृत १७ जना शिक्षकको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले करार शिक्षक तथा कर्मचारी नियुक्तिका लागि सञ्चालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परीक्षणलगायत शैक्षिक कार्यमा सहयोग लिन विषय विज्ञका रूपमा शिक्षकहरूको सूची अद्यावधिक गरेको हो ।
गाउँपालिकाले कात्तिक ९ गते प्रकाशित विषय विज्ञ (रोष्टर) सूचीसम्बन्धी सूचनामा क्रमसंख्या ४, ८ र ९ मा उल्लेखित विवरणमा त्रुटि देखिएकाले पालिकाको अभिलेखअनुसार सच्याइएको विवरणसमेत सार्वजनिक गरेको छ।
विषय विज्ञ सूचीमा को–को छन्?
सूचीकृत शिक्षकहरूमध्ये चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारका रमेशश्वर पोखरेल अंग्रेजी, रमेश रेग्मी सामाजिक र डम्बरराज पन्त नेपाली विषयका विज्ञका रूपमा सूचीकृत छन् । सोही विद्यालयका राजेन्द्र पाण्डे गणित विषयका विज्ञका रूपमा सूचीमा छन् ।
त्यस्तै, चन्द्रोदय माध्यमिक विद्यालय, बेनीघाटका कृष्ण परियार, वितेशा आधारभूत विद्यालयका सूर्यजंग भट्टराई, बागेश्वरी माध्यमिक विद्यालयका राजकुमार श्रेष्ठ, पम्फा मगराती, अप्सरा राना र राममाया त्रिपाठी पनि सूचीमा परेका छन् ।
पीपलभञ्ज्याङ माध्यमिक विद्यालयका गोविन्द लोहनी र रूपा पाण्डे, महादेवास्थान आधारभूत विद्यालयका दीर्घबहादुर थापा, बाँसखर्क माध्यमिक विद्यालयका सुरेशकुमार तामाङ तथा शंखदेवी माध्यमिक विद्यालयका तिलकबहादुर प्रजा, कमलबहादुर राना र सुरेन्द्र वि.क. पनि विषय विज्ञका रूपमा सूचीकृत भएका छन् ।
गाउँपालिकाले सूचीकृत शिक्षकहरूको शैक्षिक योग्यता, अध्यापन तह र विषयगत विवरणसमेत सार्वजनिक गरेको छ । सूचीमा रहेका शिक्षकहरूको योग्यता स्नातकदेखि स्नातकोत्तरसम्म रहेको छ ।
विषय विज्ञका रूपमा सूचीकृत शिक्षकहरूलाई गाउँपालिकाले शिक्षक तथा कर्मचारी नियुक्तिका लागि सञ्चालन गर्ने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परीक्षण तथा विद्यालय शिक्षासम्बन्धी अन्य शैक्षिक कार्यमा परिचालन गर्न सक्नेछ ।










