सिम्ले फुटबलमा आज क्वार्टरफाइनल र सेमिफाइनलका खेल हुँदै

Avatar photo
Dhadingpost
कार्तिक १०, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२, सिम्लेमा जारी तेस्रो ६ ए साइड खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज क्वार्टरफाइनल र सेमिफाइनलका खेलहरू हुँदैछन् । २६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल भोलि कार्तिक ११ गते हुने आयोजकले जनाएको छ ।

दशैँको अवसरमा धादिङमा छैटौँ कुपा कप, १३औँ अनकन्या कप र खनियाबासको झार्लाङमा आयोजित कोखिम खुला फुटबल प्रतियोगितालगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । यसैबीच जनजागरण तमु समाज, सिम्ले (खेलकुद विभाग) को आयोजनामा  सिम्लेमा जारी फुटबल प्रतियोगिता पनि निर्णायक चरणमा प्रवेश गरेको छ ।

सिम्ले विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतियोगितामा आज बिहान ८ बजेदेखि क्वार्टरफाइनलका चार खेल हुनेछन् । क्वार्टरफाइनलबाट विजयी भएका टोलीबीच दिउँसो सेमिफाइनलका दुई खेल हुने खेलतालिका रहेको छ ।

आजका क्वार्टरफाइनल खेलतालिका

  • बिहान ८:००–९:०० बजे: माने (A) विरुद्ध चिसोपानी (A)
  • बिहान ९:००–१०:०० बजे: सोमेरे टोल विरुद्ध जनजागरण (D)
  • बिहान १०:००–११:०० बजे: जुरेथुम (B) विरुद्ध चिसोपानी (D)
  • बिहान ११:००–१२:०० बजे: जनजागरण (C) विरुद्ध चिसोपानी (B)

आजका सेमिफाइनल खेलतालिका

  • दिउँसो १:००–२:०० बजे: पहिलो क्वार्टरफाइनलको विजेता विरुद्ध दोस्रो क्वार्टरफाइनलको विजेता
  • दिउँसो २:००–३:०० बजे: तेस्रो क्वार्टरफाइनलको विजेता विरुद्ध चौथो क्वार्टरफाइनलको विजेता

प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आजका सेमिफाइनलबाट फाइनल पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ भने उपाधिका लागि भोलि प्रतिस्पर्धा हुनेछ।