
छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड २०८३ लाई सफल बनाउन आर्थिक, भौतिक तथा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति कुपा समाज हार्दिक आभार व्यक्त गर्दछ ।
धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा आयोजित यस प्रतियोगितालाई सफल बनाउन देश तथा विदेशमा रहनुभएका कुपावासी, विभिन्न स्थानका सहयोगी व्यक्तित्व, संघसंस्था तथा शुभेच्छुकहरूले उल्लेखनीय सहयोग गर्नुभएको छ । यहाँहरूले खेलकुदको विकास, युवाको प्रतिभा प्रस्फुटन र समाजलाई एकताबद्ध बनाउने हाम्रो अभियानमा पुर्याउनुभएको योगदानप्रति हामी कृतज्ञ छौँ ।
वि.सं. २०७५ सालमा स्थापना भएको कुपा समाजले स्थापनाकालदेखि नै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । समाजले शिक्षा, खेलकुद र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । वैदेशिक रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा रहनुभएका कुपावासी र शुभेच्छुकहरूको साथ र सहयोगले समाजका गतिविधिलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको छ ।
समाजले शिक्षा क्षेत्रमा सहयोग, तिहारमा देउसीभैलो, ल्होसारलगायतका सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधिमार्फत समुदायलाई जोड्ने प्रयास गर्दै आएको छ । छैटौँ कुपा कप तथा मिनी म्याराथन पनि खेलकुदको माध्यमबाट युवालाई प्रोत्साहन गर्ने, आपसी एकता बढाउने र गाउँको पहिचानलाई स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको हो ।
यस प्रतियोगितालाई सफल बनाउन विशेष सहयोग पुर्याउनुहुने मकाउमा रहनुभएका अरुण गुरुङलगायत सम्पूर्ण सहयोगदाताप्रति हामी विशेष आभार व्यक्त गर्दछौँ । प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्नेदेखि खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराउने र अन्य व्यवस्थापकीय पक्षमा साथ दिनुहुने सबैको योगदान उत्तिकै महत्त्वपूर्ण छ ।
सहयोग गर्नुहुने महानुभावहरूको विवरण
यस प्रतियोगिताका लागि सहयोग गर्नुहुने महानुभाव तथा संघसंस्थाहरूको नाम र सहयोग रकम निम्नानुसार रहेको छ ।
१. धन ब. परिवार (कुपा) — रु. ६७,५५५
२. भिम ब. तामाङ (कुपा) — रु. ३२,०००
३. लछमण गुरुङ (कुपा) — रु. २५,०००
४. धन ब. तामाङ (पात्ले) — रु. २४,०००
५. स्व. जगत ब. परिवार सहयोग — रु. २३,२१०
६. महेश परिवार (रिमाल्डी) — रु. २२,०००
७. सुक ब. तामाङ (कुपा) — रु. २१,१००
८. सोम र बुद्धिमान (सउरपाखा) — रु. १६,०००
९. कमन गुरुङ (कुपा) — रु. १६,०००
१०. अरुण गुरुङ (कुपा) — रु. १५,०००
११. विष्णु र सन्तोष — रु. १५,०००
१२. हरि र सुकुराम (छाप) — रु. १५,०००
१३. विहानी र श्याम तामाङ (रिमाल्डी) — रु. १२,५००
१४. राम तामाङ — रु. १२,०००
१५. दिपक गुरुङ (भदौरे) — रु. ११,२००
१६. कृष्ण तामाङ (कुपा) — रु. १०,५५५
१७. विद्यार्थी उपकार संघ, पात्ले — रु. १०,५००
१८. सरोज तामाङ र राजु (सउरपाखा) — रु. १०,१०५
१९. सुशील गुरुङ (कुपा) — रु. १०,१००
२०. उमेश क्षेत्री (बडारथोक) — रु. १०,०००
२१. अमृत र अमर (काउले) — रु. १०,०००
२२. बिशाल गुरुङ (कुपा) — रु. १०,०००
२३. प्रेम गुरुङ (कुपा) — रु. १०,०००
२४. पार्वती गुरुङ (कुपा) — रु. १०,०००
२५. सन्त ब. गुरुङ (कुपा) — रु. १०,०००
२६. आकाश गुरुङ (कुपा) — रु. ८,०००
२७. अनिल गुरुङ (कुपा) — रु. ८,०००
२८. सुमित्रा तामाङ (पर्मचेत) — रु. ८,०००
२९. सुकदेव तामाङ (पर्मचेत) — रु. ८,०००
३०. उमन लामा (भदौरे) — रु. ८,०००
३१. नितु र मनकुमारी (कुपा) — रु. ७,०००
३२. भिम र कुमार (सुम्बाटोल) — रु. ७,०००
३३. बिनोद तामाङ (कुपा) — रु. ७,१५१
३४. नारायण तामाङ (सउरपाखा) — रु. ७,३६०
३५. कतारा लामा (माने) — रु. ७,१२०
३६. मान गुरुङ (कुपा) — रु. ६,६६६
३७. सुनिल तामाङ (कुपा) — रु. ६,५००
३८. काजु लामा (अजिङ्गरे) — रु. ६,४००
३९. विकाश गुरुङ (वेशाछाप) — रु. ६,४००
४०. रबिना गुरुङ (खरबारी) — रु. ६,०००
४१. रिता तामाङ (सिमारा) — रु. ५,५५५
४२. राज तामाङ (रिमाल्डी) — रु. ५,५५५
४३. सोम गुरुङ (बेशछाप) — रु. ५,५५५
४४. गणेश गुरुङ (वेशाछाप) — रु. ५,५२०
४५. सबिन तामाङ (कुपा) — रु. ५,१२०
४६. टिकाराम लामा (माने) — रु. ५,११०
४७. बिना वाङवा (पर्मचेत) — रु. ५,०३२
४८. बुद्धि ब. तामाङ — रु. ५,०००
४९. बिशाल ग्लान (पर्मचेत) — रु. ५,०००
५०. रोमन तामाङ (गुठ) — रु. ५,०००
५१. उमेश तामाङ (धोर्मो) — रु. ५,०००
५२. विजय गुरुङ (कुपा) — रु. ५,०००
५३. किषन गुरुङ (रातमाटे) — रु. ५,०००
५४. राम तामाङ (देउथान) — रु. ५,०००
५५. झक्कु तामाङ (देउथान) — रु. ५,०००
५६. अमन तामाङ (कुपा) — रु. ५,०००
५७. धान गुरुङ (सुम्बा टोल) — रु. ५,०००
५८. टेक ब. गोले (सामरी) — रु. ५,०००
५९. पानु गुरुङ (चितवन) — रु. ५,०००
६०. खिम ब. तामाङ (गहते) — रु. ५,०००
६१. गणेश गुरुङ (सउरपाखा) — रु. ५,०००
६२. सुनीता तामाङ (जापान) — रु. ५,०००
६३. धन तामाङ (गुठ) — रु. ५,०००
६४. बिकाश र राजन डंगोल (सामरी) — रु. ५,०००
६५. बागेश्वरी क्लब (छाप) — रु. ५,०००
६६. राजू तामाङ (पात्ले) — रु. ५,०००
६७. रघु खड्का (सामरी) — रु. ५,०००
६८. ज्ञान गुरुङ (गहते) — रु. ४,८००
६९. मेम मम्बा तामाङ (दाङसिङ) — रु. ४,८००
७०. राम ब. तामाङ — रु. ४,४४४
७१. शम्सेर तामाङ (पात्ले) — रु. ४,४४४
७२. बोधप्रसाद नेपाल — रु. ४,१००
७३. कमल तामाङ (कुपा) — रु. ४,०००
७४. पुर्ण गुरुङ (वेशाछाप) — रु. ४,०००
७५. उमेश गुरुङ (वेशाछाप) — रु. ४,०००
७६. रवि शाह (रातमाटे) — रु. ४,०००
७७. राजन गुरुङ (कटुन्जे) — रु. ३,७०५
७८. कोपिला तामाङ (पात्ले) — रु. ३,५००
७९. अमिश तामाङ (सिउरेनी) — रु. ३,५३५
८०. बिशाल तामाङ (दाङसिङ) — रु. ३,३३३
८१. मनिष सुवेदी (दोलखा) — रु. ३,३३३
८२. बिर ब. गुरुङ (सिम्ले) — रु. ३,३३३
८३. आभास तामाङ (दाङसिङ) — रु. ३,३३३
८४. कमल तामाङ (गहते) — रु. ३,२००
८५. अरुण तामाङ (सिमरा) — रु. ३,०००
८६. नवराज श्रेष्ठ (रास्वपा) — रु. २,२११
८७. कमला तामाङ (गुढ) — रु. २,००२
८८. सुमन अधिकारी (गुठ) — रु. २,००२
८९. कमल सुनार — रु. २,०००
९०. देवराज आचार्य (छाप) — रु. १,५००
भौतिक तथा सामग्री सहयोग
- नीलकण्ठ नगरपालिका वडा नं. १४ — २० थान ट्र्याकसुट सहयोग ।
- तारकेश्वर फाइबर केबल नेट — निःशुल्क वाइफाइ सेवा ।
- रवि भण्डारी — म्यान अफ द म्याचका लागि ६ थान टी-सर्ट सहयोग ।
- Ed-mark College — २५ थान टी-सर्ट सहयोग ।
यी सबै सहयोगले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ । सहयोग रकम सानो होस् वा ठूलो, सामग्री सहयोग होस् वा व्यवस्थापनमा साथ—सबैको योगदान हाम्रा लागि उत्तिकै मूल्यवान् छ ।
आगामी दिनमा पनि खेलकुद, शिक्षा, संस्कृति र सामाजिक सेवाका क्षेत्रमा सबैको साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास लिएका छौँ । कुपा समाजले समाजको हित र समुदायको एकताका लागि आफ्नो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
अन्त्यमा, छैटौँ कुपा कप तथा मिनी म्याराथन दौड २०८३ सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, खेलाडी, आयोजक, स्वयंसेवक, शुभेच्छुक तथा हाम्रो निमन्त्रणलाई स्वीकार गरि आउनुहुने बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेल ज्यू सबैप्रति कुपा समाजको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
हर्क ब. गुरुङ
अध्यक्ष, कुपा समाज





















