
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खनियाबास गाउँपालिकाको सभापतिमा तेप्चा तामाङ चयन भएका छन् । आइतबार सम्पन्न पालिकास्तरीय भेलाले तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपसभापतिमा मनिष थापा, सचिवमा समन तामाङ र सहसचिवमा जोनाथन तामाङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा ऋषिप्रसाद रिजाल, कमलबहादुर तामाङ, सरिता तामाङ, धनानुर्बु तामाङ, सुस्मिता तामाङ, मोईलमा तामाङ र अराम तामाङ चयन भएका छन् ।
भेलामा संघीय सांसदद्वय बसुमाया तामाङ र बोधनारायण श्रेष्ठ, रास्वपा बागमती प्रदेश महामन्त्री मेनुका ठकुरी, सहमहामन्त्री स्वस्तिका लमिछाने तथा जिल्ला सभापति राजन अर्याललगायतका नेताहरू सहभागी थिए ।










