कांग्रेस धादिङः धुनीबेसी, ज्वालामुखी र नेत्रावती डबजोङमा आज निर्वाचन

Avatar photo
Dhadingpost
अशोज ११, २०८३

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा सर्वसम्मत नेतृत्व चयन हुन बाँकी रहेका पालिकामध्ये धुनीबेसी नगरपालिका, ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा आज निर्वाचन प्रक्रिया अघि हुने भएको छ ।

धुनीबेसी नगरपालिकामा सभापति पदका लागि सुरज उप्रेती, माधव सिलवाल र प्रकाश हमालले उम्मेदवारी दिएका छन् । त्यस्तै ज्वालामुखी गाउँपालिकामा सभापति पदका लागि राजु लोप्पा र छापबहादुर गन्द्रमाबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेत्रावती डबजोङ गाउँपालिकामा भने सुरु हुने तयारी भैरहेको छ ठाकुर गुरुङले जानकारी दिए ।

धादिङमा असोज ८ गतेदेखि सुरु भएको गाउँ/नगर अधिवेशनअन्तर्गत हालसम्म गंगाजमुना, त्रिपुरासुन्दरी, सिद्धलेक, बेनिघाट रोराङ, थाक्रे र रुवीभ्यालीमा सभापतिसहित नेतृत्व चयन भएको जनाइएको छ।

सर्वसम्मत चयन भएका सभापतिहरूमा गंगाजमुनामा भरतबहादुर ढकाल, त्रिपुरासुन्दरीमा देवी कुमारी बुर्लाकोटी पाण्डे, सिद्धलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई, थाक्रेमा सादुराम थापा र रुवीभ्यालीमा डेभिड डिमदुङ डोङ रहेका छन् ।

यता नीलकण्ठ नगरपालिकाको निर्वाचन असोज १२ गतेका लागि तय गरिएको छ । गजुरी र गल्छी गाउँपालिकामा भने सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी रहेको कांग्रेस धादिङले जनाएको छ ।

खनियाबास गाउँपालिकाको अधिवेशन भने स्थगित अवस्थामा रहेको र त्यहाँको अधिवेशन जिल्ला अधिवेशनपछि मात्रै हुने बताइएको छ ।

नेपाली कांग्रेस धादिङका अनुसार प्रतिकूल मौसमका कारण अधिवेशनका विभिन्न कार्यक्रम प्रभावित भएका छन् । प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनसमेत असोज १० बाट असोज १२ गतेका लागि सारिएको छ ।