धादिङका अनुप शाक्यले चीनमा जिते दोहोरो स्वर्ण

Avatar photo
Dhadingpost
साउन १५, २०८३

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका (साबिक चैनपुर) निवासी विलमान शाक्यशर्मिला शाक्यका छोरा अनुप शाक्यले चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दोहोरो स्वर्ण पदक जित्न सफल भएका छन् ।

गल्छी तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठका अनुसार गोंगबुस्थित गोंगबु तेक्वान्दो डोजाङका खेलाडी अनुपले चीनको सान्या शहरमा आयोजित २०२६ हाइनान बीच खुला तेक्वान्दो च्याम्पियनसिप (2026 Hainan Beach Taekwondo Open Championship) अन्तर्गत ३२ केजी ग्योरोगी१०–१२ वर्ष उमेर समूहको पुम्से विधामा स्वर्ण पदक जितेका हुन् ।

सानो उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल अनुपको उपलब्धिलाई नेपाली तेक्वान्दोका लागि महत्वपूर्ण सफलता मानिएको छ । उनको यस सफलताले धादिङसहित देशभरका बाल खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।