
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट धादिङका तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
महाधिवेशनको मतपरिणामअनुसार धादिङका हिमेश पन्त, आशिका तामाङ र कृष्णमान श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित सदस्यमध्ये हिमेश पन्तले १,६२३ मत, आशिका तामाङले १,४३० मत र कृष्णमान श्रेष्ठले ७८५ मत प्राप्त गरेका छन् ।
तीनै जनाको निर्वाचनसँगै रास्वपाको केन्द्रीय नेतृत्वमा धादिङको प्रतिनिधित्व थप मजबुत बनेको छ । उनीहरूको विजयपछि धादिङका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै पार्टीले आगामी संगठन विस्तार, नीति निर्माण र राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
