
धादिङ । खनियाबास विद्रोहका अगुवा दामन पाख्रिनको जीवन, संघर्ष र योगदान समेटिएको पुस्तक काठमाडौंमा विमोचन गरिएको छ ।
शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले पुस्तक सार्वजनिक गरेका हुन् । लेखक गोपाल फ्युबाका अनुसार पुस्तकमा खनियाबास विद्रोहको पृष्ठभूमि, त्यसमा दामन पाख्रिनले खेलेको नेतृत्वदायी भूमिका तथा ऐतिहासिक महत्वलाई उजागर गरिएको छ ।
विमोचन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सरकारका पदाधिकारी तथा मन्त्रीहरूको उपस्थिति रहेको थियो । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङ लगायतको सहभागिता रहेको थियो ।
दामन पाख्रिनबारे विस्तृत जानकारीका
