
धादिङ । नेपाली व्यवसायी संघ बेल्जियमको आठौँ अधिवेशनबाट अध्यक्षमा धादिङ घर भई बेल्जियममा व्यवसाय गर्दै आएका समाजसेवी काशी दनै सर्वसम्मत रूपमा चयन भएका छन् ।
अप्रिल २७ (सोमबार) सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की चयन गरेको छ भने महासचिवमा भुवन सुवेदी, सचिवमा दिपेश सुवेदी, महिला सचिवमा रिचा गुरुङ र कोषाध्यक्षमा राज पुरी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा देबु श्रेष्ठ (लुभेन), उमेश घिमिरे (एन्तवेरपेन) चयन भएका छन् भने खुला सदस्यतर्फ राजु थापा, भरत जंग क्षेत्री, कुलबहादुर कार्की र सरोज आचार्य पनि सर्वसम्मत रूपमा चयन भएका छन् ।
संघका बाँकी क्षेत्रीय सदस्य तथा सह-कोषाध्यक्ष भने कार्यसमितिले पछि मनोनयन गर्ने जनाएको छ । १९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष चिरन खवास स्वतः आमन्त्रित सदस्यका रूपमा रहनेछन् ।
नवनिर्वाचित अध्यक्ष दनैले संघलाई अझ सशक्त र सक्रिय बनाउँदै बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको हकहित संरक्षण र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
