धादिङ टी–२०ः गल्छी, बेनीघाट र सिद्धलेक सेमिफाइनलमा

Avatar photo
Dhadingpost
बैशाख ७, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लिग चरणको एक खेल अगावै समूह ‘बी’ बाट गल्छी गाउँपालिकाले धुनीबेसी नगरपालिका र गजुरी गाउँपालिकालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै समूह ‘ए’ बाट बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाले क्रमशः ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकालाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिताअन्तर्गत लिग चरणका केही खेलहरू भने अझै बाँकी रहेका छन्, जसले अन्य सेमिफाइनलिस्ट र पोल विजेता र उप विजेता टिमको टुंगो लगाउनेछ ।

प्रतियोगितामा समूह ‘ए’ मा बेनीघाट रोराङ, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक रहेका छन् भने समूह ‘बी’ मा गजुरी, नीलकण्ठ, धुनीबेसी र गल्छी प्रतिस्पर्धामा छन् ।

जिल्ला स्तरमा भइरहेको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने राम्रो अवसर प्रदान गरेको आयोजकले जनाएको छ।