लायन वर्ष २०२६–२७ का लागि धादिङको अध्यक्षमा राजाराम रिजाल चयन

Avatar photo
Dhadingpost
चैत्र २१, २०८२

धादिङ । धादिङबेसीस्थित होटल सारथीमा आज सम्पन्न “Election Program” मार्फत लायन वर्ष २०२६–२७ का लागि लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रमबाट अध्यक्षमा लायन राजाराम रिजाल चयन हुनुभएको छ । उहाँको नेतृत्वमा गठन गरिएको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा लायन डा. दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा लायन तारा रिजाल, सचिवमा लायन सुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै चयन हुनुभएको छ ।

यसैगरी क्लब एड्मिनिस्ट्रेटरमा लायन मन्दिरा आचार्य, सह–सचिवमा लायन डा. रेशम विक्रम सिन्जाली, क्लब डाइरेक्टरमा लायन डा. अशोक छत्कुली, सर्भिस चेयरपर्सनमा लायन राजेश गुरुङ र मार्केटिङ चेयरपर्सनमा लायन हरी बहादुर चयन हुनुभएको छ ।

सदस्यहरूमा पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राज कुमार ढुङेल, राम बहादुर श्रेष्ठ, अशोक वि.क. र मालती रसाइली चयन भएका छन्।

लायन विक्रम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन कृष्ण प्रसाद ढकाल प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

नव–निर्वाचित कार्यसमितिलाई कार्यक्रमका वक्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।