
धादिङ । यही चैत ३० गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा धादिङका दुई व्यवसायीले उम्मेदवारी दिने भएका छन् ।
धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु थपलियाले केन्द्रीय कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् भने पूर्वअध्यक्ष नै रहेका रुद्रबहादुर खत्रीले बागमती प्रदेशको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
उम्मेदवारी कुन प्यानलबाट दिने भन्ने विषयमा भने हालसम्म टुंगो लागिनसकेको बताइएको छ । संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी का अनुसार, धादिङबाट दुई जनाको उम्मेदवारी निश्चित भए पनि प्यानलको विषयमा छलफल जारी रहेको छ ।
आगामी निर्वाचनलाई लिएर जिल्लास्तरमा पनि चासो बढ्दै गएको छ भने धादिङबाट प्रतिनिधित्व बढाउने अपेक्षा गरिएको छ ।
