धादिङबेसीमा ४ ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०८२

धादिङ । धादिङबेसीमा ‘प्रथम सिद्धलेक स्पोर्ट्स कप’ पुरुष पार्क (४ ए साइड) भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।

चैत्र १२ देखि १२ गते सम्म हुन लागेको यो प्रतियोगिता Siddhalek Sports Club को आयोजनामा सञ्चालन गर्न लागेको हो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सर्भर लाई पनि विभागगत पुरस्कार प्रदान गरिनेछ।

यस्तो किसिमको प्रतियोगिता धादिङमा यो पहिलो पटक हुन लगेको हो ।