बाँदरलाई यातना दिने युवक पक्राउ

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०८२

काठमाडौं । बाँदरलाई यातना दिएको आरोपमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

खेतबारीको बालीनाली जोगाउन बनाइएको पासोमा परेका बाँदरलाई थुनेर कुकुर लगाएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो । पक्राउ परेका युवकमाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र दोषी देखिए कानुनी कारबाही गरिने बताए । तस्वीर साङ्केतीक