
धादिङ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धादिङ जिल्लाको समानुपातिक मतको अन्तिम परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले सबैभन्दा धेरै ६८ हजार ७०५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेस (रुख) ले २८ हजार ६३७ मत पाएको छ भने नेकपा (एमाले) (सूर्य) ले २४ हजार ३१४ मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले २२ हजार ६२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (हल) ले ३ हजार ६३५ मत प्राप्त गरेको छ ।
यसैगरी जनमत पार्टीले २ हजार ४३४, जनता समाजवादी पार्टीले २ हजार २५५ मत प्राप्त गरेका छन् । अन्य साना दलहरूले भने एक हजारभन्दा कम मत प्राप्त गरेका छन् ।
अन्तिम परिणामअनुसार धादिङ जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट अग्रता कायम गरेको देखिएको छ ।
