धादिङ–१ मा घण्टी १२,५११ मतले अगाडि

Avatar photo
Dhadingpost
फाल्गुन २३, २०८२

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ फराकिलो मतान्तरसहित अग्रतामा रहेकी छन्।

पछिल्लो मतपरिणाम अनुसार तामाङले २१,३७४ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सूर्य चिन्हका उम्मेदवार भूमी त्रिपाठी ले ८,८६३ मत प्राप्त गर्दै पछ्याइरहेका छन्।

यस्तै तारा चिन्हका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले ८,६८४ मत प्राप्त गरेका छन् भने कांग्रेसका रुख चिन्हका उम्मेदवार कृष्ण रिजाल ले ५,३२२ मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनामा आशिका तामाङ १२,५११ मतान्तर सहित अग्रस्थानमा रहेकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनीघाट रोराङ गाउँपालिका को मतगणना अन्तिम चरणमा पुगेको छ भने अब धुनीबेसी नगरपालिका को मतगणना मात्रै बाँकी रहेको छ।