
धादिङ । धादिङ क्षेत्र नम्बर २ मा हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ अग्रतामा रहेका छन्।
रुवीभ्याली, खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ र ज्वालामुखी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले ३,४८० मतान्तर सहित अग्रता कायम गरेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार घण्टी चिन्हका उम्मेदवार बोधनारायण श्रेष्ठले १५,५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रुख चिन्हका रमेश प्रसाद धमला ले १२,०७१ मत प्राप्त गरेका छन्।
त्यस्तै सूर्य चिन्हका धनबहादुर घले ले ७,६०१ मत ल्याएका छन् भने तारा चिन्हका रामबहादुर भण्डारी ले ६२६३ मत प्राप्त गरेका छन्।
अब नीलकण्ठ नगरपालिका को मतगणना हुन बाँकी रहेको छ।
धादिङ क्षेत्र नम्बर २ मा कुल ७३,०५१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
