काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

Avatar photo
Dhadingpost
फाल्गुन २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना निर्वाचित भएकी छन् । यस आमनिर्वाचनमा उनी पहिलो विजयी घोषित उम्मेदवार बनेकी छन् ।

निर्वाचन परिणाम अनुसार दर्शानाले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याउँदै दोस्रो स्थान हासिल गरे । त्यसैगरी राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

यसैबीच, रञ्जु दर्शना आज आफ्नो छोराको न्वारन संस्कार पनि गरिरहेकी छन् । न्वारन सम्पन्न गरेपछि उनी बानेश्वरस्थित सहकारी विभागमा हुने विजयोत्सव कार्यक्रममा सहभागी हुने बताएकी छन् ।