उम्मेदवार आशिका तामाङले गजुरी २ वडा कार्यालयमा मतदान गरिन्

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

धादिङ । धादिङ क्षेत्र नम्बर १ की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ ले गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी छिन् ।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबै मतदातालाई आग्रह गरेकी छिन् ।

धादिङ १ का विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। सुरक्षा व्यवस्थासहित मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।