
धादिङ । धादिङ क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला ले आज मनरुपी माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।
बिहान निर्धारित समयमै मतदान केन्द्रमा पुग्नुभएका धमलाले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सबै मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
धादिङ २ मा आज शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न दलका उम्मेदवार तथा मतदाताको उपस्थितिका कारण मतदान केन्द्रहरूमा उत्साहजनक सहभागिता देखिएको छ ।
