धादिङका दुई निर्वाचन क्षेत्रमा कति छन् मतदाता ? पूर्ण विवरणसहित

Avatar photo
Dhadingpost
फाल्गुन २०, २०८२

धादिङ । धादिङ जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा क्षेत्र नं. १ भन्दा बढी मतदाता रहेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३६ हजार ६८६ मतदाता रहेका छन् । यस क्षेत्र अन्तर्गत ६ वटा स्थानीय तह समावेश छन् । तीमध्ये सबैभन्दा बढी मतदाता थाक्रे गाउँपालिकामा रहेका छन् ।

क्षेत्र नं. १ का स्थानीय तह अनुसार मतदाता संख्या:

  • थाक्रे गाउँपालिका – २७,७२५
  • धुनीबेंशी नगरपालिका – २६,७०६
  • गल्छी गाउँपालिका – २१,३३२
  • बेनीघाट रोराङ गाउँपालिका – २१,२६१
  • गजुरी गाउँपालिका – १८,९८९
  • सिद्धलेक गाउँपालिका २०,६७३

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३८ हजार ५९४ मतदाता रहेका छन् । यस क्षेत्रमा ७ वटा स्थानीय तह रहेका छन् । जिल्लाकै सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा रहेका छन् ।

क्षेत्र नं. २ का स्थानीय तह अनुसार मतदाता संख्या:

  • नीलकण्ठ नगरपालिका – ४५,३१६
  • ज्वालामुखी गाउँपालिका – २२,४९३
  • त्रिपुरासुन्दरी गाउँपालिका – २०,७२०
  • गंगाजमुना गाउँपालिका – १८,६०१
  • नेत्रावती डबजोङ गाउँपालिका – १२,१८८
  • खनियाबास गाउँपालिका – १०,००४
  • रुबीभ्याली गाउँपालिका – ९,२७२

मतदाता संख्याको आधारमा हेर्दा क्षेत्र नं. २ मा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ । विशेषगरी नीलकण्ठ नगरपालिकाको मत परिणामले समग्र क्षेत्रको चुनावी समीकरणमा निर्णायक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

जिल्लाभर मतदाता संख्याको स्पष्ट तस्वीर सार्वजनिक भएसँगै राजनीतिक दल र उम्मेदवारहरू चुनावी रणनीति बनाउन सक्रिय भएका छन् ।