गंगाजमूनामा देखियो ‘घण्टी’को सक्रियता, घरदैलोमा उम्मेदवार श्रेष्ठ

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ ।
धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठले गंगाजमुना गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गरेका छन् ।

घरदैलो अभियानका क्रममा श्रेष्ठले स्थानीय मतदातासँग भेटघाट गर्दै उनीहरूका समस्या र सुझाव सुन्नुभएको थियो । यसअघि उत्तरी क्षेत्र रुबीभ्याली र खनियाबासका केही स्थानमा मतदाता भेटघाट गरी फर्किएका श्रेष्ठको कार्यक्रममा जन सहभागिता उल्लेख्य हुने गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ता अनिल अधिकारीले गंगाजमुना क्षेत्रमा देखिएको सहभागितालाई “घण्टीको क्रेज” को रूपमा व्याख्या गरे । उनले धादिङ–२ मा रास्वपा र घण्टीप्रति मतदाताको आकर्षण बढेको छ हामी चुनाव जित्छौं उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले चुनावी अभियानलाई तीव्रता दिँदै विभिन्न गाउँबस्तीमा मतदाता भेटघाट कार्यक्रम जारी राख्नुभएको छ।

x