
धादिङ । राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्र धादिङ–१ अन्तर्गत विभिन्न गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाउनुभएको छ।
निर्वाचन प्रचार–प्रसारका क्रममा उहाँ हाल बेनिघाट रोराङ गाउँपालिका–१० का जबाङ, बाँसपुर र कोट क्षेत्रका विभिन्न गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनुभएको छ। भेटघाटका क्रममा उहाँले स्थानीयवासीका समस्या र आवश्यकताबारे जानकारी लिँदै आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत गर्नुभएको छ।
यसअघि आज बिहान पाण्डेले बेनिघाट रोराङ–९ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको थियो। अभियानका क्रममा उहाँले मझिमटार, हुग्दीखोला, तिक्राङ र मौवाखोला लगायतका स्थानहरूमा पुगेर मतदातासँग संवाद गर्नुभएको थियो।
घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार पाण्डेलाई उत्साहजनक स्वागत गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार पाण्डेले गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेको बताइएको छ।



