चरौंदीमा यात्रुबस दुर्घटना : १७ जनाको मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन ११, २०८२

धादिङ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौंदी नजिक त्रिशुली नदी किनारमा खस्दा भीषण दुर्घटना भएको छ।

राति करिब सवा १ बजे भएको उक्त दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ।

प्रहरीका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन। उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेको विवरण संकलन भइरहेको बताइएको छ।

x