
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ का घण्टी चिन्हका उम्मेदवार बोधनारायण श्रेष्ठले आज बिहान जिल्लाका सञ्चारकर्मीसँग आफ्नो चुनावी अभियानबारे अन्तरक्रिया गरेपछि दिनभर नीलकण्ठ नगरपालिका–९ र १० का विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट तथा जनसंवाद गरेका छन्।
मतदाता भेटघाटपछि धादिङपोष्टसँग कुरा गर्दै उम्मेदवार श्रेष्ठले जनतामा घण्टी चिन्हप्रति उत्साह बढ्दै गएको बताए।
उनले भने, “जनता परिवर्तन चाहन्छन्। जहाँ–जहाँ पुग्छु, घण्टीमा भोट हाल्न तयार भएको भावना मतदाताबाट पाइरहेको छु।”
स्थानीय मतदाताले स्वच्छ राजनीति, रोजगारीका अवसर, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सडक–खानेपानीजस्ता आधारभूत पूर्वाधारको विकास मुख्य मागका रूपमा राखेको श्रेष्ठले जानकारी दिए। उनले जनताका यिनै अपेक्षालाई आफ्नो चुनावी प्रतिबद्धताको केन्द्र बनाउने बताए।
उम्मेदवार श्रेष्ठले भोली माघ २७ गते पनि विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट तथा जनसंवाद गर्ने कार्यतालिका सार्वजनिक गरेका छन्।
बिहान ७:३० बजे: चराङ्गे पौवा, ब्यर्थोक, मझुवा, अलैचे, १०:०० बजे: टोड्के, कुटुन्जे बजार, कुबेन्डे, घालेगाउँ, गुरुङगाउँ, हुलाकगाउँ, निश्चल टोल, मगरगाउँ, १२:०० बजे: छेत्रीगाउँ, नयाँछाप, पुरानोछाप, धमाला गाउँ, १:०० बजे : हजारें, सेल्ले, आरुखर्का, २:०० बजे: घोर्मु, घुठी बजार, ३:३० बजे: तमै, ४:०० बजे: भर्याङभुरुङ, ४:३० बजे: कालामाटा, ५:०० बजे : थर्पु, ५:३० बजे: भोक्टिनी
श्रेष्ठले मतदातासँग प्रत्यक्ष संवादमार्फत आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गर्दै समर्थन जुटाउने अभियानलाई थप तीव्र बनाएका छन्।
