
धादिङ । धुनिवेशी नगरपालिका स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालय, धार्केले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ।
माघ २३ गते सम्पन्न प्रतियोगितामा भुवनेश्वरी माविले १५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।
नगरभित्रका २० विद्यालय सहभागी प्रतियोगितामा
महेशधर्म मावि, पुरनडाँडा दोस्रो,
मच्छिन्द्र मावि, खानीखोला तेस्रो र
कालीदेवी आवि, गौचरण चौथो भएका छन्।
विद्यालयहरूको पदक स्थिति
- धुनिवेशी आवासीय मावि, खानीखोला – १ स्वर्ण, ५ रजत, १ कास्य
- सुपव एकेडेमी, खानीखोला – १ स्वर्ण
- डियरवाक धादिङ स्कुल, टायलघर – ६ रजत, २ कास्य
- महाकाली किसान भावि, वरावोट – ४ रजत, १ कास्य
- डिल्ली सावित्री मावि, ल्यास्लुङफेदी – ३ रजत, ८ कास्य
- कालीदेवी आवि, गौचरण – १ कास्य
- दशरथचन्द्र मावि, कुखुरेचौर – १ कास्य
जीवनपुर कुलचन्द्र आवि (जीवनपुर), खैरेनी आवि (दिवालीभञ्ज्याङ), चण्डीदेवी आवि (थली) र ज्वालामुखी आवि (ठाँटीचौर) ले यसपटक पदक जित्न सकेनन्।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद, अनुशासन र प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
