बागमती प्रदेशस्तरीय यू-१४ फुटबलमा धादिङका दुवै टिम सेमिफाइनल प्रवेश

Avatar photo
Dhadingpost
माघ ११, २०८२

नुवाकोट । बागमती प्रदेशस्तरीय U–14 अन्तरविद्यालय फुटबल प्रतियोगितामा धादिङ जिल्लाका छात्र तथा छात्रा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

धादिङका एन्फा प्रशिक्षक रवि भण्डारीका अनुसार छात्रतर्फ धादिङको प्रतिनिधित्व गर्दै मैदान उत्रिएको बागेश्वरी माध्यमिक विद्यालयले काभ्रेलाई फराकिलो ८–० को अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। बागेश्वरी विद्यालयले खेलको सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै विपक्षीलाई कुनै अवसर नदिई प्रभावशाली जित निकालेको हो।

त्यस्तै, छात्रातर्फ ब्राइट फ्युचर माध्यमिक विद्यालयले चितवनलाई ५–० ले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको छ। ब्राइट फ्युचरले उत्कृष्ट समन्वय, अनुशासन र आक्रामक खेलका कारण सहज जित दर्ता गरेको छ।

प्रदेशस्तरीय प्रतियोगितामा धादिङका दुवै विद्यालयको यो सफलता जिल्लाकै लागि गौरवको विषय बनेको छ। खेलाडी, प्रशिक्षक र विद्यालय परिवारले यसलाई धादिङको खेलकुद विकासका लागि प्रेरणादायी उपलब्धि भएको बताएका छन्।