धादिङ २ मा ‘ज्यूँदा सहिद’ भण्डारीको उम्मेदवारी दर्ता

Avatar photo
Dhadingpost
माघ ६, २०८२

धादिङ । जनयुद्धका दौरान दुई छोराहरु वेपत्ता भएका र गोली लागेर घाइते भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य रामबहादुर भण्डारीले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

आज विहान लडेर खुट्टा भाचिए पनि बैशाखीको सहायतामा सँगै आएका सहयोगी र सयौं नेकपा कार्यकर्ताको साथमा भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

भण्डारीलाई स्थानीय र पार्टी समर्थकहरूले ‘ज्यूँदा सहिद’ भनेर सम्मानपूर्वक सम्बोधन गर्दै आएका छन् ।

उनी आफ्नो राजनीतिक यात्रामा धादिङको विकास र जनताको हकहितका लागि प्रतिबद्ध रहेको बताउँछन्।

तस्वीरः केशव अधिकारी

x