
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ। पार्टीले धादिङ क्षेत्र नं. १ मा आसिका तामाङ र क्षेत्र नं. २ मा बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
धादिङ–१ की उम्मेदवार आसिका तामाङ सामाजिक अभियन्ताका रूपमा परिचित नाम हुन्। उनले यस निर्वाचनमा नेकपाका राजेन्द्र पाण्डे र नेकपा एमालेकी भूमि त्रिपाठीसँग प्रतिस्पर्धा गर्नेछिन्।
यस्तै, धादिङ–२ बाट उम्मेदवार बनेका बोदनारायण श्रेष्ठले नेपाली कांग्रेसका रमेश धमला, नेकपा एमालेका चन्द्र रिजाल तथा नेकपाका रामबहादुर भण्डारीलगायतका नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।
रास्वपाले नयाँ राजनीतिक विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्दै जिल्लामा सशक्त प्रतिस्पर्धा गर्ने दाबी गरेको छ।

