
धादिङ । धादिङ २ मा चन्द्र रिजाललाई उम्मेदवारकाे टिकट दिएपछि नेकपा एमाले धादिङ जिल्ला कार्यालयमा सोमबार साँझ असन्तुष्ट कार्यकर्ताहरूले तालाबन्दी गरेका छन्।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोटप्रति असहमति जनाउँदै कार्यकर्ताहरूले कार्यालयको मुख्य गेटमा ताल्चा लगाएर विरोध प्रदर्शन गरेका हुन्।
एमाले केन्द्रीय सचिवालयको निर्णयअनुसार धादिङ निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारका रूपमा अघि सारिएका धनबहादुर घलेको नाम हटाई आइतबार चन्द्र रिजाललाई टिकट दिइएपछि असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन् ।
