
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका घर भई लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका बोध नारायण श्रेष्ठलाई रास्वपाले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा धादिङ–२ क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
श्रेष्ठ समाजले चाहेको बौद्धिकता र शालिनता भएकाले उनी घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बन्ने वित्तिकै चर्चा थपिएको छ ।
दशवर्षे शसस्त्र युद्धका बेला माओवादी कार्यकर्ता भएका कारण श्रेष्ठले स्थायी शिक्षकको जागिर छाड्नुपरेको थियो । त्यसपछि उनी युनिसेफमा काम गर्दै आएका थिए । अहिले चुनावी मैदानमा प्रवेश गर्दै युनिसेफको जागिर समेत छाडेका छन् ।
श्रेष्ठ नेपाल रेडक्रस सोसाइटी धादिङका पूर्व मन्त्री हुन् । रेडक्रसका अभियानमार्फत आफ्नो पहिचान बनाएका उनी पछिल्लो डेढ दशकभन्दा बढी समयदेखि युनिसेफमा सरसफाई तथा विकास विज्ञको रुपमा कार्यरत थिए ।
उनको उम्मेदवारीसँगै धादिङ–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

