
धादिङ । खनीयाबास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बच्छला देवी माध्यमिक विद्यालयले १४ स्वर्ण पदकसहित समग्र उपाधि जित्दै आफ्नो नाममा लेखाएको छ।
७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा बच्छला देवी माविले १४ स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २७ पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
विद्यालयगत पदक तालिका
- बच्छला देवी मावि – १४ स्वर्ण, ९ रजत, ७ कास्य (कुल २७)
- बेन्दी देवी मावि – ४ स्वर्ण, ५ रजत, ३ कास्य (कुल १२)
- सिंगला देवी मावि – ३ स्वर्ण, २ रजत, ८ कास्य (कुल १३)
- गणेशकुण्ड मावि – २ स्वर्ण, ४ रजत, २ कास्य (कुल ८)
- बृचेत मावि – २ स्वर्ण, २ रजत, ५ कास्य (कुल ९)
- झार्लाङ मावि – १ स्वर्ण, ४ रजत, ५ कास्य (कुल १०)
- ल्याक्चेकण्ड मावि – पदकविहीन
पुरस्कार वितरण समारोह
पुरस्कार वितरण समारोह पालिकाका शिक्षा स्रोत व्यक्ति कपिलदेव ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा खनीयाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष सेक्केमान तामाङ विशेष अतिथि रहनुभएको थियो।
त्यस अवसरमा वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।
प्रतियोगिताले विद्यालयस्तरमै खेलकुद प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुगेको आयोजकको भनाइ छ।
