
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा धादिङ जिल्लाबाट दुई जनाको नाम समावेश भएको छ।
बन्द सूचीअनुसार पूर्व एकीकृत समाजवादीबाट इन्दिरा ढुङ्गाना र पूर्व जनजागरण पार्टीबाट शेरबहादुर तामाङ (सिलास) समानुपातिक सूचीमा परेका हुन्। तर पूर्व माओवादी केन्द्रबाट धादिङ जिल्लाका कुनै पनि नेता/कार्यकर्ताको नाम सूचीमा समावेश गरिएको छैन।
ढुङ्गाना र तामाङ दुवै प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गतका हुन्।
यसैबीच, नेकपा धादिङ जिल्ला कमिटीले समानुपातिकका लागि केन्द्रमा सिफारिस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक भएको छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ (समानुपातिकतर्फ सिफारिस)
- सीता ढुङ्गाना
- संगिता कडेल
- उर्मिला श्रेष्ठ
- गौगात्री चौलागाईं
- गंगालाल तुलाधर
- सूर्य तामाङ
- खेम भुजेल
- बुद्ध गुरुङ
- हिराबहादुर थापामगर
- रामशरण सेन्चुरी
- भरत बराकोटी (अपाङ्गता कोटाबाट)
प्रतिनिधिसभा क्षेत्र नम्बर–२ (समानुपातिकतर्फ सिफारिस)
- दिपा सिंखडा
- गुरु बुर्लाकोटी
- इन्दिरा ढुङ्गाना
- शोभा ढंगोल
- कृष्णबहादुर दाहाल
- बेदनिधि अधिकारी
- लिलामणि न्यौपाने
- लक्ष्मी थापामगर
- तिलक थापामगर
- उमेश घले
- सन्दीप स्याम्चेन
- शान्त विक्रम बानियाँ
- भिम परियार
- रामबहादुर बस्याल
- सिलास तामाङ
- एलिजर तामाङ
- सरला धमला
पार्टीले जिल्लाबाट धेरै नाम सिफारिस गरे पनि अन्तिम बन्द सूचीमा सीमित व्यक्तिहरू मात्र समावेश हुँदा जिल्लाभित्र असन्तुष्टि देखिन सक्ने संकेतहरू देखिएका छन्।
