
उपेन्द्र डी लामा
धादिङ । धादिङ जिल्ला फुटबल संघले पुस ८ गतेदेखि गजुरी गाउँपालिका–५ स्थित गलौंदी खेलमैदानमा सञ्चालन गरेको धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय अन्डर–१४ (यू–१४) छात्र तथा छात्रा फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेलाडीहरू घोषणा गरिएको छ।
प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा बागेश्वरी माध्यमिक विद्यालय, मलेखु विजेता बनेको छ। प्रतियोगिताको समापन अवसरमा आयोजकले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ८ जना खेलाडीलाई सम्मान गरेको हो।
छात्रा विधातर्फ
- उत्कृष्ट गोलरक्षक – सुमन बिसुराल (ब्राइट फ्युचर विद्यालय)
- उत्कृष्ट खेलाडी – लक्ष्मी लिम्बु (बागेश्वरी माध्यमिक विद्यालय)
- उत्कृष्ट फरवार्ड (आक्रमणकारी) – करुणा दर्जी (बागेश्वरी माध्यमिक विद्यालय)
छात्र विधातर्फ
- उत्कृष्ट गोलरक्षक – निखिल प्रसाद जैसवाल (बागेश्वरी माध्यमिक विद्यालय)
- उत्कृष्ट खेलाडी – इशान परियार (बागेश्वरी माध्यमिक विद्यालय)
- उत्कृष्ट रक्षक (डिफेन्डर) – रोनित सुवेदी (मुनाल एकेडेमी)
- उत्कृष्ट फरवार्ड (आक्रमणकारी) – असिम बानियाँ (न्यु किबो विद्यालय)
- उदीयमान खेलाडी – रिहान भण्डारी (मुनाल एकेडेमी)
आयोजकका अनुसार प्रतियोगिताले जिल्लास्तरमा बालबालिकाको खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। प्रतियोगितामा सहभागी विद्यालय, खेलाडी तथा प्रशिक्षकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। यस प्रतियोगितामा जिल्लाका ३८ विद्यालयहरुले भाग लिएका थिए ।
