मनोज स्मृति कपको उपाधि दौडमा धादिङ र सिन्धुपाल्चोक

Avatar photo
Dhadingpost
पुस ११, २०८२

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता २०८२ को फाइनल खेलमा धादिङ र सिन्धुपाल्चोक प्रवेश गरेका छन्।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा धादिङले रामेछापलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने सिन्धुपाल्चोकले नुवाकोटलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रतियोगिताका अध्यक्ष अमृत गुरुङ (तिलक) का अनुसार सेमिफाइनलमा पराजित रामेछाप र नुवाकोटबीच पुस १२ गते बिहान ११ बजे तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
यसैगरी विजेता तथा उपविजेताको टुंगो लगाउने फाइनल खेल सोही दिन दिउँसो १ बजे सञ्चालन हुने उनले जानकारी दिए।

  • धादिङ टिम: गंगा गुरुङ, जमुना गुरुङ, सलिना गुरुङ, वाल्मिका आचार्य, भावना तामाङ, रेविका लामा तामाङ, आकृति बराम, कृषला बराम, अमृता थापामगर, बविता तामाङ, पवित्रा नेपाली र प्रतिक्षा थापामगर।
  • सिन्धुपाल्चोक टिम : ग्याल्मु तामाङ, अनन्या लामा, ममता तामाङ, पासाङ डिकी तामाङ, सुमिता राना मगर, युनिशा श्रेष्ठ, विनिता तामाङ, एलिना नेपाल, मिङ्मार लामा, कञ्चना तामाङ र सृजना घले।

आठ जिल्लाबाट ९ टोली सहभागी रहेको प्रतियोगितामा विजेता टोलीले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यसका साथै स्पाइकर, सेटर, डिफेन्स, सर्भर, बेस्ट प्लेयरलगायत ६ विधामा उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यसैबीच, सेमिफाइनल खेल सम्पन्न भएपछि धादिङ जिल्ला भलिबल संघले नेपाली महिला भलिबलका समर्पित प्रशिक्षक तथा न्यू डायमन्ड भलिबल सेन्टरका संस्थापक कुमार राईलाई नगदसहित सम्मान गरेको छ।
नेपाली महिला भलिबलमा उनले पुर्‍याएको दीर्घ योगदानको कदरस्वरूप सम्मान गरिएको जिल्ला भलिबल संघले जनाएको छ।