धादिङमा जारी बागमती प्रदेश स्तरीय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

Avatar photo
Dhadingpost
पुस १०, २०८२

धादिङ । धादिङबेसीमा पुस ९ गतेदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरजिल्ला मनोज स्मृति कप महिला भलिबल प्रतियोगिता को सेमिफाइनल समीकरण पूरा भएको छ।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल पुस ११ गते हुने आयोजकले जनाएको छ। सेमिफाइनलका खेलहरू धादिङबेसीस्थित खेलमैदानमा क्रमशः दिउँसो १ बजे३ बजे सञ्चालन हुनेछन्।

सेमिफाइनल चरणमा

  • धादिङ ‘ए’ र रामेछाप दिउँसो १ बजे
  • सिन्धुपाल्चोक र नुवाकोट दिउँसो ३ बजे
    बीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि सम्पन्न क्वार्टरफाइनल खेलमा धादिङ ‘ए’ ले चितवनलाई, रामेछापले रसुवालाई, सिन्धुपाल्चोकले सिन्धुलीलाईनुवाकोटले धादिङ ‘बी’ लाई पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेका हुन्।

आठ जिल्लाबाट ९ टोली सहभागी रहेको प्रतियोगितामा विजेता टोलीले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, स्पाइकर, सेटर, डिफेन्स, सर्वर, बेस्ट प्लेयरलगायत ६ विधामा उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रदेशस्तरीय प्रतियोगिताले धादिङमा महिला भलिबलको विकास र खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।