आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : धादिङमा ७,८२७ जना अपाङ्गता भएका व्यक्ति

Avatar photo
Dhadingpost
मंसिर १७, २०८२

धादिङ । हरेक वर्षझैँ आज डिसेम्बर ३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाइँदैछ। सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले शुरु गरेको यो दिवसले समाजमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समान अवसर तथा समावेशी विकासका मुद्दालाई चिन्ता-विचारको केन्द्रमा ल्याउने उद्देश्य राख्छ।

यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (२०२५) को नारा “Fostering Disability Inclusive Societies for Advancing Social Progress” यो नाराले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँच-सुगमता, राजनीतिक प्रतिनिधित्व, सूचना एवं प्रविधि जस्ता सबै क्षेत्रमा समान अवसर दिनुपर्ने आवश्यकता औँल्याउँछ।

धादिङमा अपाङ्गता भएका व्यक्तिको संख्या ७,८२७

उपलब्ध राष्ट्रिय तथ्यांकअनुसार धादिङ जिल्लामा कुल ७,८२७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। यो संख्या जिल्लाको सामाजिक समावेशी नीति, शिक्षा-स्वास्थ्य पहुँच र स्थानीय तहमा कार्यान्वयन भइरहेका कार्यक्रमहरूको प्रभावकारिता झल्काउने महत्त्वपूर्ण संकेतक मानिन्छ।

विशेषज्ञहरूका अनुसार धादिङमा भौगोलिक विगत, सडक तथा स्वास्थ्य पूर्वाधार, आर्थिक अवस्था, उपचारको पहुँच, र जनचेतनाको स्तर अपाङ्गता व्यवस्थापनका मुख्य चुनौतीका रूपमा देखिन्छ।

धादिङका कतिपय स्थानीय तहहरु र संघसस्थाहरुले अपाङ्गताभएका व्यक्तिहरुलाई रोजगार सँग जोड्न अवसरहरुमा सहभागिता गराउन सँगै आवश्यक सामाग्रहरु सहयोग गर्दै आएका छन् ।