
धादिङ । नेपाल पत्रकार महासंघ जापान शाखाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन आज हुँदै छ। तर मतदान अघि नै धादिङका दुई पत्रकार कार्य समिति सदस्यमा निर्विरोध भएका छन्।
गजुरी, धादिङका भूवन भण्डारी र धादिङकै दुर्गा प्रसाद आचार्य कार्य समिति सदस्यमा बिना प्रतिस्पर्धा निर्वाचित भएका हुन्। गजुरी निवासी भण्डारीले जापानमा बसोवास गर्ने नेपाली समुदायका मुद्दा, समस्या र गतिविधि निरन्तर रूपमा प्रकाशन गर्दै आएका छन्।
यस्तै, धादिङ नीलकण्ठका दुर्गा प्रसाद आचार्य पनि जापानमै रहेर सक्रिय रूपमा पत्रकारिता अभ्यास गर्दै आएका कारण उनीप्रति समुदायको विश्वास मजबुत भएको देखिन्छ।
यसपटक अध्यक्षमा भने धादिङका राजन गौतम र गोरखाका रविन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा ८६ जना मतदाताले मतदान गर्ने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।

