
धादिङ । नीलकण्ठ नगरपालिका–२, गणेश कुण्ड मैत्री युवा समाजले सहिद राजु दाहाल (सागर) चौंथो स्मृति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। “व्यायामका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरेक वर्ष सञ्चालन हुँदै आएको यो प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको समाजका अध्यक्ष द्वारिका दाहालले जानकारी दिए।
समाजका अनुसार प्रतियोगिता पौष ८ गतेदेखि १६ गतेसम्म नीलकण्ठ–२ स्थित गणेश कुण्ड मैत्री युवा समाजको खेल मैदानमा हुनेछ। सहभागी हुन इच्छुक टिमहरूले तोकिएको समयभित्र दर्ता गराउनुपर्ने जनाइएको छ।
दर्ता तथा शुल्क विवरण
- टिम दर्ता शुल्क: रु. ६,५०० (रिफन्डेबल डिपोजिट सहित)
- खेलाडी संख्या: ७+३ (१ जना कोच अनिवार्य)
- रातो कार्ड: रु. १,०००
- पहेलो कार्ड: रु. ५,००
आकर्षक पुरस्कार
- प्रथम पुरस्कार: रु. ६२,००० (ट्रफी, मेडल तथा प्रमाणपत्र)
- दोस्रो पुरस्कार: रु. ३१,००० (ट्रफी, मेडल तथा प्रमाणपत्र)
- व्यक्तिगत सम्मानहरू:
- उत्कृष्ट गोलकिपर
- उत्कृष्ट गोलस्कोरर
- उत्कृष्ट डिफेन्डर
- Player of the Tournament
- Best Coach पुरस्कार
प्रतियोगिताका खेल अवधि, टाई–सिट तथा खेल तालिका पौष ७ गते दिउँसो २ बजे सार्वजनिक गरिने समाजले जनाएको छ।
क्लबका अध्यक्ष दिवाकर दाहालले प्रतियोगिता सफल बनाउन स्थानीय, खेलकुदप्रेमी तथा सरोकारवालाहरूको सक्रिय सहभागिताको आग्रह गरेका छन्।
को हुन् सहिद राजु दाहाल (सागर)? — संक्षिप्त जीवन परिचय
सहिद राजु दाहाल (सागर) को जन्म वि.स. २०३५ असार १० गते (कागजमा २०३६/०३/१०) नीलकण्ठ नगरपालिका–चिसापानी, धादिङमा पिता तोयानाथ दाहाल र माता देविका दाहालको कोखबाट भएको थियो। उनले गरिबी र कठिनाइबीच कालिका प्रा.वि. सिम्लेबाट कक्षा ३ सम्म र साङकोस दामगाडेबाट कक्षा ८ सम्म अध्ययन गरेका थिए।
माओवादी जनयुद्धका क्रममा उनी धादिङ छापामार स्क्वयट दलका योद्धा थिए। नम्र, इमानदार, मिलनसार र साहसी स्वभावका कमरेड सागर निडर र भरपर्दो लडाकुको रूपमा परिचित थिए।
तारुका चौकी आक्रमणमा ३ नं. एसल्ट समूहको जिम्मेवारी कमरेड गणेश तामाङको नेतृत्वमा थियो भने त्यसमा माइनिङको महत्वपूर्ण जिम्मा सागरलाई दिइएको थियो।
यही अभियानका क्रममा ०५८ असार २२ गते प्रहरीसँगको भिडन्तमा प्रहरीले गोली हानी उनीलाई हत्या गरिएको थियो। प्रहरीद्वारा उनको शवसमेत नदीमा फालिएको उल्लेख छ।
सागरका परिवारमा पिता–माता बाहेक उनका दाजुभाइ राम, ध्रुव, द्धारीका तथा बहिनीहरू कमला, कुमारी र लक्ष्मी छन्।
