मुनाल एकेडेमीद्वारा प्याब्सन धादिङका प्रतियोगितामा विजयी विद्यार्थी सम्मानित

Avatar photo
Dhadingpost
मंसिर १, २०८२

धादिङ। चालु आर्थिक वर्षमा प्याब्सन धादिङले आयोजना गरेको विभिन्न विद्यालय–स्तरीय प्रतिस्पर्धात्मक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बनेका विद्यार्थीलाई मुनाल एकेडेमीले सम्मान गरेको छ। सम्मान कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो।

प्रिन्सिपल रमेशकुमार श्रेष्ठका अनुसार जिल्लामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूको मनोबल अझै बढाउन तथा अन्य विद्यार्थीलाई प्रतियोगितात्मक गतिविधिमा सहभागी हुन प्रेरित गर्न सम्मान कार्यक्रम आयोजना गरिएको हो।

विजेता विद्यार्थीहरू :

  1. कृशुना डल्लाकोटी – चित्रकला : प्रथम
  2. श्रीयान्सी रौनियार – अंग्रेजी हिज्जे : प्रथम
  3. स्पर्धा बर्तौला – बुद्धिचाल : दोस्रो
  4. सम्राट रुम्बा – अंग्रेजी हिज्जे : तेस्रो
  5. एलेक्स बर्तौला – बुद्धिचाल : तेस्रो

विद्यालयले आगामी दिनमा पनि यस्तै प्रतिभा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।