
धादिङ । नेकपा एमाले धादिङले आज धादिङबेसीमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा र संसद पुनःस्थापनाको माग गर्दै जिल्ला स्तरीय प्रदर्शन गर्ने भएको छ।
एमाले धादिङका जिल्ला सचिव राधिका सापकोटाका अनुसार प्रदर्शनमा जिल्लाभरिबाट करिब ५ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।
पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा हुने प्रदर्शन एमाले पार्टी कार्यालयबाट सुरु भई सिरानबजारसम्म पुग्ने र त्यहाँबाट फर्केर एमालेचोकमा कोणसभामा परिणत हुने जनाइएको छ।
एमाले धादिङले आजको प्रदर्शनको तयारीस्वरूप कार्तिक २२ गते वडा भेला तथा कार्तिक २५ गते पालिका स्तरीय प्रदर्शन सम्पन्न गरिसकेको थियो। फार्यल तस्वीर: केशव अधिकारी
