
धादिङ। धादिङ उद्योग वाणिज्य संघले आफ्नो ३२औं वार्षिक साधारणसभा र ३४औं स्थापना दिवस आगामी कात्तिक २७ गते (बिहिबार) आयोजना गर्ने भएको छ।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार, उक्त साधारणसभाको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख अतिथि रहने छन् ।
कार्यक्रम बिहान ११:०० बजे देखि धादिङ उद्योग वाणिज्य संघको सभाहल सुरु हुने छ ।
कार्यक्रममा संघका सम्पूर्ण सदस्य, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।
संघले साधारणसभासँगै विगतका उपलब्धि, भावी कार्ययोजना तथा स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका विषयमा विस्तृत छलफल गर्ने जनाएको छ।
