धादिङबाट नवगठित नेकपामा समाजवादीको प्रतिनिधित्व बढी

Avatar photo
Dhadingpost
कार्तिक २६, २०८२

धादिङ। प्रचण्डको नेतृत्वमा विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा धादिङबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यमध्ये समाजवादीको संख्या बढी देखिएको छ।

धादिङबाट माओवादी केन्द्रका सात जना सदस्य छन्: पुष्पविक्रम मल्ल, शालिकराम जम्कट्टेल, मोहन कार्की, कल्पना धमला, दिपा सिंखडा, रामबहादुर भण्डारी र जगत सिंखडा।

त्यस्तै, एकीकृत समाजवादीतर्फ ११ जना केन्द्रिय सदस्य रहेका छन्: राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु वुर्लाकोटी, इन्दिरा ढुङ्गाना, सीता ढुङ्गाना, सुवास खतिवडा, चन्द्र तामाङ, अन्जना थापामगर, कुमार पाण्डे, नवराज अर्याल र शिवराज कडेंल।

जनधारातलमा माओवादी बलियो देखिए पनि, केन्द्रिय सदस्यको संख्या अनुसार समाजवादीको प्रभाव बढी रहेको देखिन्छ। यसले नवगठित नेकपाको महाधिवेशन आयोजक समितिमा धादिङबाट समाजवादी केन्द्रिय सदस्यहरुको प्रतिनिधित्व बढी हुने सम्भावना बढाउँछ।

नेताहरुको संख्यात्मक सूची हेर्दा नवगठित नेकपामा धादिङबाट १८ जना भन्दा बढी सदस्य केन्द्रमा प्रतिनिधित्व गर्ने स्थिति देखिन्छ। आगामी निर्वाचनमा पार्टीले जनमत कस्तो पाउँछ भन्ने कुरा अझै प्रतिक्षामा छ।