युरोकप फुटबलको सेमिफाइनलमा वेल्स पहिलो पटक

Avatar photo
Dhadingpost
असार १८, २०७३
धादिङ असार १८
welse
वेल्स पहिलो पटक फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।गएराति भएको खेलमा फिफा बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गर्दै युरोकप फुटबलको सेमिफाइनलमा पहिलो पटक स्थान बनाउन सफल भएको हो।
बेल्जियमलाई हराएको वेल्स ५८ वर्षपछि पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।खेलमा सुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो। खेलको १३ औँ मिनेटमा राडेजाले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यो अग्रता बेल्जियमले धेरै बेर टिकाउन सकेन।
खेलको ३० औँ मिनेटमा वेल्का लागि कप्तान एश्ल्ी विलियम्सले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा वेल्स हाबी भयो र थप दुई गोल गर्न सफल भयो।
खेलको ५५ औँ मिनेटमा रोब्सन कानुले गोल गर्दै वेल्सलाई २–१ को अग्रता दिलाए। यस्तै खेलको ८५ औं मिनेटमा भोक्सले गोल गर्दै बेल्सलाई ३–१ को जित दिलाए।वेल्सले अब फाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्नेछ।