
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सल्यानटार क्रिकेट क्लबले खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबका अनुसार प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म सल्यानटारस्थित एक्लेबर खेलमैदानमा सञ्चालन हुनेछ।
विजयी टिमलाई रु ४४ हजार ४४४, शिल्ड, मेडल र प्रमाणपत्रसहित प्रदान गरिनेछ भने उपविजेता टिमले रु ३३ हजार ३३३ प्राप्त गर्नेछ।
थप जानकारीका लागि इच्छुक टोलीहरूले दिपेन्द्र शर्मा 9803688862 र रुपेन्द्र श्रेष्ठ 9820039599 लाई सम्पर्क गर्न सक्ने क्लबले जनाएको छ।












