पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा

Avatar photo
Dhadingpost
असार १७, २०७३

पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनलमा
एजेन्सी ,धादिङ असार १७
35D681CB00000578-3668908-image-a-66_1467325118655
पेनाल्टी सुटआउटमा पोल्याण्डलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।गएराति भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको हो। 35D6837000000578-3668908-image-a-63_1467325111729

निर्धारित ९० मिनेटमा समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो। तर, ३० मिनेटको अतिरित्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। 35D4D62B00000578-0-image-a-16_1467317517511
खेलको दोस्रो मिनेटमै पोल्याण्डका रोबर्ट लेवानडोस्कीले आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाए। तर त्यो अग्रता पोल्याण्डले टिकाइराख्न सकेन।
खेलको ३३ औं मिनेटमा पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी रेनाटो सान्चेसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। ppp
पोर्चुगलले अब फाइनल प्रवेशका लागि बेल्जियम र वेल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।