एनपीएल दोस्रो संस्करणका लागि आज अक्सन हुँदै

Avatar photo
Dhadingpost
साउन २४, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघले क्रिकेटको दोस्रो संस्करणका लागि आज दिउँसो तीन बजेदेखि खेलाडी छनोट अक्सन कार्यक्रम राखेको छ ।

अक्सनका लागि ४५८ जनाले नाम दर्ता गराए पनि एनपीएलका ८ फ्रेन्चाइच टिमले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्ड अनुसार अक्सनका लागि एक सय ५० जना खेलाडी परेका छन् यी मध्यबाट ३७ खेलाडीमाथि बोली लाग्ने छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको अहिलेको ‘अक्सन’ (auction) भन्नाले, नेपालभरका घरेलु खेलाडीहरूमध्ये फ्रेन्चाइज टोलीहरूले चयन गर्ने प्रक्रियालाई जनाउँछ । अक्सन खेलाडीहरूलाई एक-एक गरी बोली लगाएर भर्ती गरिने व्यवस्था हो ।

खेलाडीलाई श्रेणी ‘ए’, ‘बी’ तथा ‘सी’ मा विभाजन गरिएको छ । टिमहरुले आवश्यकता अनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानले जनाएको छ। विदेशी खेलाडीहरूलाई भने अक्सनबाट होइन, सहभागी क्लवहरुले सिधै सम्झौता गरेर भर्न सक्ने क्यानले व्यवस्था गरेको छ ।