
धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ५ पुरानो धार्केमा निर्माण गरिएकाे सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालय आज उद्घाटन गरिएकाे छ ।
बागमती प्रदेश सरकारले ८ लाख खर्च गरेर निर्माण गरेकाे उक्त सहिद तथा बेपत्ता स्मृति प्रतिक्षालय निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज एक विशेष समारोहका बीच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जमकट्टेलले गणतन्त्र तथा सङ्घीयता स्थापनाका लागि आफ्नो जीवनको बलिदान गर्ने सहिदहरू तथा बेपत्ता याेद्धाहरुको सम्झना र सम्मानको लागि बनाईएका शालिक, प्रतिक्षालयहरुले विशेष अर्थ लाग्ने बताएका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) धादिङका नेताहरु दिपक लामिछाने सुबोध, लक्ष्मण रेग्मी प्रकाश, बाशुदेव बस्कोटा, वाइसीएल नेपाल धादिङका जिल्ला सचिव सन्तोष रेग्मी लगायत आतिथ्यता रहेको थियो ।

